कमलदह सफाइको पाँचौ हप्ता : तीन सय कागतीका बिरुवा लगाइयो

कमलदह सफाइको पाँचौ हप्ता : तीन सय कागतीका बिरुवा लगाइयो

रुकुमकोट । रुकुम पूर्वको कमलदह सरसफाईको आज पाँचौ हप्ता पुगेको छ । आज मुख्य पर्यटकिय क्षेत्रको रुपमा परिचित कमलदह क्षेत्र वरिपरि सरसफाई तथा बिरुवा लगाइएको छ ।

कमलदह सफाई अभियानका अभियान्ता मदन शाहका अनुसार आज कमलदहको सरसफाई गर्नुका साथै ३ सय  कागतीका बिरुवा, बर, पिपल र अभोकार्डोको विरुवा लगाइएको छ ।

आजको अभियानमा लुम्बिनी प्रदेश सभाका सदस्य तेज बहादुर ओली, पूर्व संसद जुन कुमारी रोका , जिल्ला समन्वय समिती रुकुम पूर्वका प्रमुख गजेन्द्र बहादुर ओली, उप-प्रमुख भिम कुमारी पुन , मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम रुकुम पूर्वका संयोजक लिलामणी गौतम लगायतको सहभागि रहेको थियो ।

विभिन्न पेशा, व्यवसायमा आवद्ध व्यक्तिहरु स्वःतस्फूर्त कमलदहको सफाई तथा विरुवा रोपनमा जुटेका छन ।  दहको सौन्दर्यता र शोभा बढाउन उक्त समुहले चार साता अघिदेखि हरेक शनिबार कमलदह क्षेत्रमा सरसफाई गर्दै आएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार