चुन्वाङमा ४ सय ५३ क्विन्टल लसुन उत्पादन

चुन्वाङमा ४ सय ५३ क्विन्टल लसुन उत्पादन

रुकुमकोट । रुकुम पुर्बको भुमे गाउँपालिका वडा नम्बर ९ चुन्वाङमा लसुन बिक्रीबाट ४० लाख भित्र्याएको छ । वडाले आर्थिक बर्ष ७७/७८ मा लसुन बिक्री बाट उक्त रकम भित्राएको वडा अध्यक्ष प्रवेश पुनले बताउनु भएको छ ।

यस वर्ष चुन्वाङमा ४ सय ५३ क्विन्टल लसुन उत्पादन भएको बताउनुभयो । सो लसुन बिक्रीबाट उक्त रकम वडामा भित्रीएको हो। बिगतका वर्षका जस्तो उत्पादित लसुनले बजार नपाइ कुहिएर जाने समस्या यो वर्ष दोहोरिन पाएन वडा अध्यक्ष पुनले भन्नुभयो किसानले उत्पादन गरेको लसुन सजिलै बिक्री भएको छ । उत्पादित लसुन बजारसम्म पुर्याउन वडापालिका र कृषक दुबैको समन्वय रहेको हुँदा बिक्री गर्न समस्या नभएको उहाँको भनाइ छ ।

सुरु सुरुमा प्रति केजि ९० मा बिक्री गर्दै आइएकोमा पछिल्लो समयमा भने प्रति केजि १ सय १५ मा बिक्री गरिएको कृषक कलम बुढामगरले बताउनुभयो । उहाँका अनुसार लाखरखोला, दुबाचौर, सिमचौर, च्याङचुङ लगायत आसपासका क्षेत्रमा लसुन राम्रो उत्पादन हुने गरेको छ । चुन्वाङमा उत्पादन भएको लसुन रुकुम पुर्ब, रोल्पा, रुकुम पश्चिम, दाङ, नेपालगञ्ज लगायतका ठाउँमा निर्यात हुने गरेको त्यहाँका कृषकले बताएका छन ।

रुकुममा उत्पादन भएको लसुन अर्गानिक तथा अन्य लसुन भन्दा स्वादिष्ट हुने हुँदा यसको बजार माग बढिरहेको छ। गत वर्ष चुन्वाङका किसानलाई अनुदानमा लसुनको बिउ वितरण गरेको भुमे गाउँपालिकाले यस वर्ष पनि झन्डै ३५ क्विन्टल बिउ वितरण गर्ने तयारी गरेको छ ।

चुनवाङमा लसुनखेती र बाख्रापालनलाई बिशेष प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो। गाउँपालिका भित्रका नागरिकलाई कृषिमा आकर्षन गर्न र बाजो जग्गालाइ उपजनिमा रुपान्तरण गर्न किसान मैत्री विभिन्न कृषि प्याकेज ल्याएको पनि अध्यक्ष बुढाले बताउनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार