आठविसकोट नगरपालिकाद्धारा ४ पत्रकार सम्मानित

आठविसकोट नगरपालिकाद्धारा ४ पत्रकार सम्मानित

मुसिकोट । रुकुम पश्चिमकाको आठविसकोट नगरपालिकाले ४ जना पत्रकारहरुलाई सम्मान गरेको छ । मंगलबार नगरपालिकाको १० औं नगरसभाको अवसरमा चार जना पत्रकारलाई पुरस्कार सहित सम्मान गरेको हो ।

रेखदेख साप्ताहिक तथा रेखदेख डटकमका सम्पादक प्रविर ददेल, रेडियो सानीभेरी एफएममा कार्यरत कोपिला विएम, नेपाल टेलिभिजनका रुकुम संवाददाता अमरराज पुन र रेडियो पुर्वी रुकुममा कार्यरत डिल्लीराज विश्वकर्मा सम्मानित भएका हुन् ।

नगरपालिकाले नीति, योजना तर्जुमा, विकास निर्माण, सुशासन, सेवा प्रवाह तथा सामाजिक सचेतना प्रवर्धन लगायत समृद्धिका गतिविधिलाई पत्रकारिताको माध्यमबाट प्रचार गरी उल्लेखनीय भुमिका खेलेको भन्दै पत्रकारलाई सम्मान गरेको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख गोरखबहादुुर केसी, उपप्रमुख गिता नेपाली र निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद लम्सालले सम्मानित पत्रकाहरुलाई दोसल्लाह र सम्मान पत्रका साथै नगद १०/१० हजार रुपैयाँले सम्मान गरेको आठविसकोट नगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।

यसका साथै नगरपालिकाले उत्कृत काम गर्ने कर्मचारी, वडाध्यक्ष, स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरुलाई समेत सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार