खुकुलो बनाउदै रुकुम पश्चिममा साउन ८ गतेसम्म निषेधाज्ञा थपियो

Duduwa Corona

खुकुलो बनाउदै रुकुम पश्चिममा साउन ८ गतेसम्म निषेधाज्ञा थपियो

  • 283
    Shares

मुसिकोट । रुकुम पश्चिममा साउन ८ गते सम्म निषेधाज्ञा थप गरिएको छ ।
बिहिवार बसेको जिल्ला कोभिड ब्यबस्थापन समितिको बैठकले यस अघि साउन १ गते सम्म जारी गरेको निषेधाज्ञालाई पुनः साउन ८ गते सम्म थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणदर कायमै रहेको र जोखिम बढ्न सक्ने भन्दै निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनु भयो ।
यस अवधिमा पसल ब्यबसायहरु बिहान ६ बजेदेखि बेलुका ६ बजे सम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर संचालन गर्न पाईने बताईएको छ । यसका साथै निषेधाज्ञा पहिलेको भन्दा केही खुकुलो बनाइएको छ ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार