सानीभेरी गाउँपालिकाको खर्च ८५ प्रतिशत

सानीभेरी गाउँपालिकाको खर्च ८५ प्रतिशत

मुसिकोट । रुकुम ९पश्चिम०को सानीभेरी गाउँपालिकाको खर्च ८५ प्रतिशत बढी भएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ गाउँपालिकामा प्राप्त जम्मा बजेटका ८५ दशमलव ९३ प्रतिशत बजेट खर्च भएको सानीभेरी गाउँपालिका लेखा शाखा प्रमुख कविन्द्र पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षका लागि सानीभेरी गाउँपालिकामा ४८ करोड ३२ लाख ५० हजार ४ सय ५० रुपैयाँ प्राप्त भएको थियो । जसमध्य ४१ करोड ५२ लाख ६७ हजार २ सय ६७ रुपैयाँ २० पैसा बजेट खर्च भएको भएको छ ।

चालु तर्फ ९१.५ प्रतिशत अर्थात ३१ करोड ४ लाख ७७ हजार ७ सय १७ रुपैया २० पैसा खर्च भएको छ । पुँजिगततर्फ भने १० करोड २७ लाख ४ हजार ५ सय ५० अर्थात ७४ दशमलव ८४ प्रतिशत बजेट खर्च भएको छ ।

चालु आर्थिक वर्षमा गाउँपालिका चालुतर्फ ३४ करोड १० लाख ४० हजार ४ सय ५० रुपैयाँ र पुँजिगततर्फ १३ करोड ७२ लाख १० हजार रुपैयाँ बजेट प्राप्त भएको थियो । भने वित्तिय तर्फको प्राप्त बजेट ५० लाख मा खर्च २० लाख ८५ हजार अर्थात ४१ दशमलब ७ प्रतिशत रहेको छ ।

गाउँपालिकामा राजस्व तर्फ संघिय सरकार राजस्व बाँडफाँट अन्तर्गत ७ करोड ९३ लाख २ हजार ३ सय ७० अनुमान गरिएको मा ६ करोड ३२ लाख १५ हजार १ सय २३ प्राप्त भएको छ भने प्रदेश सरकार राजस्व बाँढफाट अन्तर्गत ६४ लाख ९ हजार अनुमान गरिएको मा ४१ लाख ६ हजार १ सय९८ रुपैया ४० पैसा प्राप्त भएको छ ।

त्यस्तै गाउँपालिकाको आन्तरिक आय ४६ लाख ७० हजार अनुमान गरिएकोमा ४७ लाख ८८ हजार ३ सय ११ रुपैया १२ पैसा जम्मा भएको लेखा प्रमुख पुनले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार