कर्णालीमा २९ जनामा कोरोना पुष्टि, एकजनाको मृत्यु

कर्णालीमा २९ जनामा कोरोना पुष्टि, एकजनाको मृत्यु

प्रतीकात्मक तस्बिर।

मुसिकोट । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण पुष्टि भएको छ । ५४ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणका क्रममा १९ जना र ९३ जनामा गरिएको एन्टिवजेन विधिको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

शनिबार सबैभन्दा धेरै कालिकोटमा १२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण हुने व्यक्तिको संख्या २९ हजार ३६२ पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशभरबाट शनिबार २७ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।

यो सँगै सक्रिय संक्रमितको संख्या ७४७ मा झरेको छ । प्रदेशमा शनिबार कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति सुर्खेतका हुन् । योसँगै कर्णालीमा कोरोनाबाट मुत्यु हुनेको संख्या ३४५ जना पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार