रुकुम पूर्व अस्पतालमा नानाद्धारा एन-९५ मास्क सहयोग

रुकुम पूर्व अस्पतालमा नानाद्धारा एन-९५ मास्क सहयोग

रुकुमकोट । रुकुम पूर्व अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । नेपाली अमेरिकन नर्सिङ एसोसिएसन (नाना) ले रुकुम पूर्व अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि ५ सय पिस एन-९५ मास्क प्रदान गरेको छ ।

नेपाली अमेरिकन नर्सिङ एसोसिएसन (नाना) का अध्यक्ष पूर्ण महर्जन, सल्यान घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका गोपाल भण्डारी र नेपाली अमेरिकन नर्सिङ एसोसिएसन (नाना) की सदस्य युनिका खाम मगर सुबेदीको पहलमा उक्त सामाग्री सहयोग गरिएको हो ।

मंगलबार नेपाली काङ्ग्रेस रुकुम पूर्बका उप-सभापति तेजेन्द्र खाम मगरले रुकुम पूर्व अस्पतालका निमित्त प्रमुख डा. बसन्ती पुनलाई एन-९५ मास्क हस्तान्तरण गर्नुभएको छ ।

सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेस रुकुम पूर्बका सचिब भिम बहादुर खड्का, तरुण दलका नेता नन्द बहादुर विष्ट, ट्रेड युनियन रुकुम पूर्वका अध्यक्ष प्रेम प्रकाश ओली लगायतको उपस्थिति रहेको थियो ।

यसका साथै (नाना) ले केहि दिनअघि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि ५ सय पिस एन-९५ मास्क हस्तान्तरण गरिएको नेपाली काँग्रेस रुकुम पूर्वका उप-सभापति तेजेन्द्र खाम मगरले जनाउनुभयो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार