रुकुम पूर्व अस्पतालमा २ वटा अक्सिजन कन्सनट्रेटर सहयोग

रुकुम पूर्व अस्पतालमा २ वटा अक्सिजन कन्सनट्रेटर सहयोग

अक्सिजन कन्सनट्रेटर सामग्री हस्तान्तरण गरिदैं ।

रुकुमकोट । रुकुम पूर्व अस्पताललाई अक्सिजन कन्सनट्रेटर सहयोग प्राप्त भएको छ । कोरोनाका बिरामीहरुको उपचारका लागि भन्दै बिहिबार एक कार्यक्रमका बिच दुई वटा अक्सिजन कन्सनट्रेटर रुकुम पूर्व अस्पताललाई हस्तान्तरण गरिएको छ ।

स्थानीय समाजसेवी मदन शाहकाे समन्वयमा एक एक पाईला अभियान काठमाडौंले १० लिटरको र राप्ती समाज युकेले ५ लिटरको एक वटा अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको हाे ।

आज एक कार्यक्रमका बिच उक्त सामग्री समाजसेवी मदन शाहले अस्पताल विकास समिति अध्यक्ष फत्तेकुमारी ओलीलाई हस्तान्तरण गर्नु भएको  छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार