आठविसकोटका शिक्षकहरुलाई साउन २२ गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

आठविसकोटका शिक्षकहरुलाई साउन २२ गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा अध्यापन गराउदै आएका शिक्षकहरुलाई साउन २२ गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।

नगरपालिकाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले सूचना जारी गर्दै नगरपालिका भित्र कार्यरत स्थायी, राहत, करार, बाल विकास शिक्षक, विद्यालय कर्मचारीले आर्थिक वर्ष २०७७/०७८ को सम्पत्ति विवरण विद्यालयले एकमुष्ट गरी साउन २२ गतेसम्म नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउन निर्देशन दिएका हुन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार