रुकुममा पश्चिममा शिक्षकले ढुंगा प्रहार गर्दा प्रधानाध्यापक घाइते

रुकुममा पश्चिममा शिक्षकले ढुंगा प्रहार गर्दा प्रधानाध्यापक घाइते

जिल्ला अस्पताल सल्लेमा उपचाररत घाईत प्रधानाध्यापक दिपबहादुर खड्का

मुसिकोट । रुकुम पश्चिममा शिक्षकले ढुंगा प्रहार गर्दा प्रधानाध्यापक घाइते भएका छन । जिल्लाको त्रिवेणि गाउँपालिका–८ प्रगतिशील आधारभुत विद्यालय ब्यबस्थापन समितिको बैठक चलिरहेको बेला प्रधानाध्यापक दिपबहादुर खड्कामाथि सोही बिद्यालयका शिक्षक दिनेश खड्काले ढुंगा प्रहार गर्दा घाइते बनाएका हुन ।

सोही वडाका वडाध्यक्ष कर्णबहादुर खड्काका छोरा समेत रहेका दिनेश खड्काले आफ्नोविरुद्ध ब्यवस्थापन समितिको बैठकमा कुरा उठाएको भन्दै ढुंगा र मुक्काले बैठक चलिरहेको बेला प्रहार गरि घाइते बनाएको प्रहरीले जनाएको छ ।

‘घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको र आक्रमणकारी फरार भएकोले खोजी भैरहेको छ’ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी ध्रुव कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

संघीय अनुदान कोटामा गत माघमा करारमा नियुक्ति भएका दिनेशले बिद्यालयको खाताबाट अनाधिकृत रूपमा रकम निकाशा गरेपछि बैठकमा कुरा उठाउँदा आफूमाथि आक्रमण भएको घाइते प्रधानाध्यापक खड्काले बताउनु भएको छ ।

‘गत बैशाख १२ गते दिनेशले एक लाख पचास हजार रकम मलाई र विद्यालय ब्यवस्थापन समितीका अध्यक्षलाई झुक्याएर निकाशा गरेको पाइयो, खड्काले भन्नु भयो, सोही बिषयमा कुरा उठाउदा बाहिरबाट ढुंगा ल्याएर म कुर्सिमै बसिरहेको बेला प्रहार गरे, बैठकमा बसिरहेका सबैले उनलाई रोकेपछी म बाचेको हुँ ’ । घाइते प्रधानाध्यापक खड्काको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

यसै गरि उक्त घटनाको निन्दा गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन रुकुम पश्चिमले सोमबार एक विज्ञप्ति मार्फत दोषिलाई कारबाहीको माग गरेको छ । संगठनका अध्यक्ष गणेश केसी द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ढुंगामुढा प्रहार गरि कुटपिट गर्ने व्यक्तिलाई तत्काल कारबाही गरियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार