मनकलाको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गर्दै

मनकलाको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गर्दै

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-४ की २५ वर्षीया मनकला खत्री खड्काको हत्या गर्ने अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्मिले अहिले  ११ बजे सार्वजनिक गर्दै छ ।

गत सोमबार राति भैसीलाई घाँस हाल्न गोठमा गएको समयमा उनको हत्या भएको थियो । कर्णाली प्रदेश प्रहरी र तालिम प्राप्त कुकुरको सहयोगमा घटना घटेको २४ घण्टा भित्रै अभियुक्तलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रहरीले आरोपतिलाई घर बाटै समाउन सफल भएको हो । प्रहरी स्रोतका अनुसार मनकलाको हत्यामा व्यक्तिगत पुरानो इगो रहेको पाइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार