मनकला हत्याको कारण ‘रिसिइबी’

मनकला हत्याको कारण ‘रिसिइबी’

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकै घरका दुई दाजुभाईलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु मृतकका भतिजा हुन । उनिहरु सहोदर दाजुभाइ हुन ।

बिहिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर त्रिवेणी गाउँपालिका-४ का १५ र ११ बर्षका दुईजना दाजुभाईलाई प्रहरीले सार्वजनिक गरेको हो ।

एकै घरका दाजुभाइ भएका कारण अंशबण्डापछि जग्गा जमिन सँगै हुने नै भयो। मनकलाको गोठ भएको स्थानमा पनि उनका माइला र जेठा जेठाजु लगायतको जग्गा जमिन छ।

घटना भएको दिन मनकलाका जेठाजुका दुई छोराहरू १५ वर्षीय र ११ वर्षीय दिनभर जसो मनकलाको गोठ भएको जग्गा नजिकै आफ्नो जग्गामा काम गरिरहेका थिए।

मनकला र उनका जेठाजुका १५ वर्षीय छोराका बीचमा उति राम्रो बोलचाल पनि थिएन। ती १५ वर्षीय भतिजले मनकलाको घरबाट नगद रुपैयाँ चोरी गरेका थिए। मनकलाले उनलाई ‘चोर’ भन्ने गर्थिन्। प्रहरीका अनुसार माइला जेठाजुको भन्दा मनकलाको घरको आर्थिक अवस्था मजबुत भएको हुँदा उनका भतिजाले पटक-पटक उनको घरबाट चोरी गर्ने गरेका थिए।

मनकलाले ‘चोर’ भन्ने गरेको हुँदा भतिज ‘इगो’ पालेर बसेका थिए। घटना भएको दिन मनकला गोठतर्फ जाने क्रममा उनका दुई भतिजले काटेर बाटोमा थुपारेको घाँस नाघेर हिँडिन्।

‘हत्या अरोपित किशोरका अनुसार धर्मभिरु र पहाडी समाजमा अझै पनि महिलाले घाँस वा पानी नाघ्नु भनेको राम्रो मान्ने गरिँदो रहेनछ,’ डिएसपी श्रेष्ठले भने, ‘आन्टीले आफूले काटेको घाँस नाघेर गएपछि आवेगमा आएर खुर्पाले पछाडिबाट प्रहार गरेको देखिन आएको छ।’

सरासर हिँडिरहेकी मनकलामाथि पछाडिबाट एक्कासी कञ्चटनमा खुर्पा प्रहार भएपछि उनी धर्मराउँदै लडिन्। त्यसैमाथि उनले थप ५(६ पटक खुर्पाले आक्रमण गरे।

मनकला अचेत बनिन्। त्यसपछि उनले मनकलाको नाक, कानमा भएका सुनका गहना समेत निकालेर लगे। प्रहरीले ती किशोरले आफू सुत्ने कोठाको खोपामा लुकाइराखेको गरगहना बरामद गरेको छ।

घटना अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक रामबहादुर कटवालले मनकलाको हत्यापछि उनका १५ वर्षीय भतिज फेरि पनि उनको कोठामा चोरी गर्न भनेर गएको खुल्न आएको बताए।

‘आन्टीको हत्यापछि सोही दिन राति फेरि पनि उनी कोठामा चोरी गर्न गएको देखिन्छ,’ उनले भने, ‘तर, अरुको आवाज सुनेपछि उनी आत्तिएर भाग्ने क्रममा आफ्नो टर्च समेत कोठामा भुलेर गएको पुष्टि भएको छ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार