कपिलवस्तुमा ज्वरोले थलिएकी एक महिलाको अस्पताल चहार्दाचहार्दै मृत्यु

कपिलवस्तुमा ज्वरोले थलिएकी एक महिलाको अस्पताल चहार्दाचहार्दै मृत्यु

चैत २४ कपिलवस्तु

कपिलवस्तुमा ज्वरोले थलिएकी एक महिलाको अस्पताल चहार्दाचहार्दै मृत्यु भएको छ। उनको र अस्पताल पुर्‍याउनेवित्तिकै उनको मृत्यु भएको हो।

कपिलवस्तु र रुपन्देहीका अस्पतालहरुले उपचार गर्न नमानेपछि यशोधरा गाउँपालिका–६ रंगपुरकी ३६ वर्षीया कलामुन निशाले सोमबार ज्यान गुमाएकी हुन्।

वडाध्यक्ष श्यामनारायण उपाध्यायका अनुसार निशा करिव एक हप्तादेखि बिरामी थिइन्। आइतबार राती ज्वरोले च्यापेपछि कपिलवस्तु अस्पताल तौलिहवामा लगिएको थियो। अस्पतालले भर्ना गर्न नमानेपछि आफन्तले उनलाई भैरहवा पुर्‍याएका थिए।

आफन्तले लुम्बिनी मेडिकल कलेजमा लैजाँदा पनि भर्ना गर्न नमानेपछि उनलाई भैरहवा मेडिकल कलेज लगिएको उपाध्यायले जानकारी दिए।

भैरहवाको भीम अस्पतालले समेत उपचार गर्न नमानेपछि पुनः कपिलवस्तु अस्पताल ल्याएको उपाध्यायले बताए।

‘कपिलवस्तु अस्पतालले सलाईन चढाएर बिरामीलाई राति नै घर पठाएको रहेछ’ उपाध्यायले भने, ‘बिरामीको अवस्था नाजुक भएको भन्दै मलाई फोन गरेपछि प्रमुख जिल्ला अधिकारीलाई भनेर आज बिहान पुनः अस्पताल लगिएको थियो।’

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार