मुसीकोट १२ मा थप ११ जनामा कोरोना पुष्टि

मुसीकोट १२ मा थप ११ जनामा कोरोना पुष्टि

मुसीकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा बुधबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नं. १२ मा ५० जनामा एन्टिजेन परिक्षण गर्दा ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मुसीकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो ।

मंगलबार मात्रै नगरपालिकाको वडा नं. ८ मा थप ८ जनामा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समय बजार क्षेत्रमा निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमण बढ्दै गएको हो । नगरपालिकामा कोरोना संक्रमण बढ्दै गएपछि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबै नगरवासीलाई आग्रह गरेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार