अखिल क्रान्तिकारी रुकुम पश्चिमको बैठक सम्पन्न, यस्ता छन बैठकका निर्णयहरु

अखिल क्रान्तिकारी रुकुम पश्चिमको बैठक सम्पन्न, यस्ता छन बैठकका निर्णयहरु

मुसिकोट । अखिल क्रान्तिकारी रुकुम पश्चिमको २७ औँ जिल्ला सम्मेलन आयोजक समितिको बैठक सम्पन्न भएको छ । शनिबार मुसिकोट खलंगामा संगठनका संयोजक प्रेम प्रशान्त बोहराको अध्यक्षतामा बसेको बैठकले जिल्ला सम्मेलन आयोजक समिति पूर्नगठन गरेको छ । बैठकले सोम्पाल कामीको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो ।

पार्टीका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा, सचिवालय सदस्य मोतिराम खड्का, युवा संगठन नेपाल रुकुम पश्चिमका चौथो जिल्ला सम्मेलन आयोजक समितिसंयोजक विवेक विश्वकर्मा लगायतको उपस्थितिमा आयोजक समितिको बैठक सम्पन्न भएको थियो ।

बैठकले असोज १५ गते भित्रै जिल्लाका सबै नगर तथा गाउँ स्तरीय भेला, बैठक तथा प्रक्षिण गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पाँच दिने जिल्ला स्तरीय स्कुलिङ आयोजना गर्ने निर्णय गरेको संयोजक सोम्पाल कामी द्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै बैठकले संगठनको मुखपत्र लालकिल्ला प्रकाशन गर्ने, प्रतिवेदन लेखन, प्राकृतिक प्रकोपका पीडितहरुको राहत तथा उद्दारमा जुट्ने लगायतका निर्णय पनि गरेको छ ।


यस्ता छन प्रथम बैठकका निर्णयहरु : 

१. देश र जनताको न्याय ,मुक्ति र स्वतन्त्रताको निम्ति आफ्नो अमुल्य जीवन बलिदान गर्ने महान सहिदहरुको उच्च मुल्यवोध गर्दै सम्मान , स्मरण र सपना पूरा गर्ने प्रतिबद्धता सहित श्रद्धाञ्जली व्यक्त गरियो।

२. आगामी असोज १५ गतेभित्र सम्पुर्ण नगर तथा गाउँ स्तरीय भेला , बैठक तथा प्रशिक्षणहरु सम्पन्न गर्ने , जिल्ला स्तरीय ५ दिने स्कुलिङ संचालन गर्ने तथा “निजीकरण र व्यापारीकरणले लपेटिएको वर्तमान शैक्षिक र स्वास्थ्य क्षेत्र र राष्ट्रियकरणको अनिवार्यता” बिषयक जिल्ला स्तरीय अन्तरक्रिया संचालन गर्ने निर्णय गरियो।

३.पार्टी , संगठन र आन्दोलनको आवश्यकता लाई मध्यनजर गर्दै साथै नेतृत्व र संगठन लाई गतिशील र चलायमान बनाउन सम्मेलन आयोजक समितिको पुनर्गठन गरि २७औं जिल्ला सम्मेलन आयोजक समिति क. सोम्पाल कामीको नेतृत्वमा ३५ सदस्यीय रहने गरि निर्णय गरियो।

४.मुलतः संगठनका सबै गतिविधिहरु २७औं जिल्ला सम्मेलन लाई भव्य र ऐतिहासिक बनाउनमा केन्द्रित गर्ने , कोभिड -१९को संक्रमण न्यूनीकरण हुँदै गएपछि जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरूमा संगठन सुदृढ र विस्तार गर्ने तथा सम्मेलनका कामकाज लाई सहज , सरल र व्यवस्थित गराउन निम्न विभाग गठन गर्ने निर्णय गरियो।

-प्रतिवेदन लेखन बिभाग -सोम्पाल कामी,मिलन पुन र यमराज डाँगी

-व्यवस्थापन विभाग – धनबहादुर ओली, ऐश्वर्य ददेल , इन्द्रबहादुर केसी

-आर्थिक विभाग – शोभा डाँगी ,गोविन्द पुन र शेरबहादुर बिष्ट

-प्रचारप्रसार विभाग – यमराज डाँगी,माया महर , यामबहादुर बोहरा

५. संगठन लाई आर्थिक तवरले आत्मनिर्भर बनाउन संगठनका सबै नेताकार्यकर्ताहरुको लगानी र सहभागीतामा उत्पादनको कामलाई अगाडि बढाउने तथा मासिक रूपमा अनिवार्य न्युनतम २ पटक संगठनका सबै नेताकार्यकर्ताहरुले शारीरिक श्रममा सहभागीता जनाउनुपर्ने निर्णय गरियो।

६.संगठनका संघर्ष सम्बन्धि कार्यहरू लाई निम्न विकृती , विसङ्गती र मुद्दाहरुमा केन्द्रित गर्ने निर्णय गरियो।
क) भ्रष्टाचार विरुद्ध
ख) महंगी तथा कालोबजारी विरुद्ध
ग) शैक्षिक विकृति विरुद्ध
घ) प्राकृतिक स्रोत /साधनको दोहन विरुद्ध
ङ) लागू औषध उत्पादन , सेवन ,विक्री र वितरण विरुद्ध
च) वित्तीय संस्थाको लुटखसोट विरुद्ध
छ) विकास निर्माणमा कमसल कार्य गर्ने विरुद्ध
ज) बाल विवाह र बहुविवाह विरुद्ध
झ) अनुदानको बजेटमा अनियमितता गर्ने विरुद्ध
ञ) जातीय तथा लैङ्िगक विभेद विरुद्ध
ट)३ बुँदे सहमति कार्यान्वयन नभएको विरुद्ध
ठ) पार्टी विरुद्ध हुने भ्रामक र प्रायोजित प्रचार विरुद्ध

७.संगठनको “मुखपत्र” लालकिल्ला को २०७८ भाद्र मसान्त भित्र प्रकाशन गर्ने , विकसित राजनीतिक परिस्थितिमा विकसित पार्टी कार्यनीति ” संयुक्त वैकल्पिक सरकार , जनमत संग्रह र बैज्ञानिक समाजवाद बारे व्यापक प्रचारप्रसार गर्ने तथा संगठनको आधिकारिक फेसबुक आइडी अखिल(क्रान्तिकारी) रुकुम(पश्चिम) मार्फत संगठनका सम्पुर्ण गतिविधिहरुको प्रचारप्रसार गर्ने निर्णय गरियो।

८.बर्षायाममा हुनसक्ने सम्भावित प्राकृतिक प्रकोप बाढी र पहिरो बाट प्रभावितहरुको लागि राहत तथा उद्दारको लागि नेपाल रेडक्रस सोसाइटी लगायत अन्य सम्बन्धित निकाय सँग सहकार्य गरि गर्नेगरी पुर्व तयारीमा हुने निर्णय गरियो।

९. जिल्ला आयोजक समितिका सम्पुर्ण कमरेडहरु जन्मोत्सवको अवसरमा कुनै न कुनै सामाजिक कार्य गर्ने र प्राथमिकतामा बिरामीहरुको लागि फलफूल वितरण गर्ने कार्यलाई राख्ने निर्णय गरियो।

१०. ब्लड ब्याङ्क नभएको र रक्तदाता समयमै उपलब्ध नहुँदा जिल्ला अस्पताल सल्ले र मिसन अस्पताल चौरजहारीमा बिरामीहरु समस्यामा हुने हुँदा रक्तदान लाई सहज गराउने गरि जिल्लामा रक्तदान गर्न इच्छुकहरुको साझा संयन्त्र बनाउने तथा रक्तदान गर्न अभिप्रेरित गर्ने निर्णय गरियो।

११. संयुक्त विद्यार्थी आन्दोलनको आवश्यकता र महत्त्व लाई बोध गर्दै जिल्ला स्थित क्रियाशील विद्यार्थी संगठनहरू सँग भेटघाट र सबै खाले विकृति र विसङ्गती विरुद्ध सहकार्य गर्ने निर्णय गरियो।

१२. राजनीतिक तथा वैचारिक हिसाबले सुस्पष्ट, योग्य र क्षमतावान नेताकार्यकर्ता निर्माण गर्न माक्र्सवादी अध्ययन लाई व्यवस्थित गर्ने निर्णय गरियो।
……………….
संयोजक
सोम्पाल कामी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार