चौरजहारीमा द्वन्द्वपीडित, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क यातायात

चौरजहारीमा द्वन्द्वपीडित, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क यातायात

चौरजहारी नगरपालिकाले सञ्चालन गरेका नगर बस

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले द्वन्द्वपीडित, ज्येष्ठ नागरिक, गर्भवती तथा अपाङ्गता भएकाहरुले नि:शुल्क नगर बस र एम्बुलेन्स सेवा पाउने भएका छन् ।

चालु आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम यही साउनबाट नगरपालिकाले बस र एम्बुलेन्समा भाडा नि:शुल्क गरेको छ । नगरपालिकाले अहिले तीन नगर बस सञ्चालन गरिरहेको छ भने दुई एम्बुलेन्स चलाउँदै आएको छ ।

सेवामा सहजता ल्याउन थप दुई नगर बस खरिदको तयारी गरिएको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते, अपांगता भएका व्यक्ति, शहीद परिवार, शहीद परिवारका सदस्य, गर्भवती, सुत्केरी, ७० वर्षमाथिका ज्येष्ठ नागरिकले यो सेवा निःशुल्क पाउने छन् ।

केहि दिनअघि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले एक सूचना जारी गर्दै नि:शुल्क नगर बस र एम्बुलेन्स सेवाको बारेमा विस्तृत जानकारी दिनुभएको छ ।  यसैगरी पूर्ण अशक्त, अति अशक्त भएका व्यक्ति र अतिविपन्न परिचयपत्र प्राप्त गरेका व्यक्तिलाई पनि निःशुल्क नगर बस र एम्बुलेन्स सेवा दिइनेछ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार