कोरोना संक्रमण बढेपछि रुकुम पूर्वमा निषेधाज्ञा १० दिन थपियो

कोरोना संक्रमण बढेपछि रुकुम पूर्वमा निषेधाज्ञा १० दिन थपियो

रुकुम पूर्वको रुकुमकोट ।

रुकुमकोट । कोरोना संक्रमण बढेपछि रुकुम पूर्वमा निषेधाज्ञाको अवधि पुनः १० दिन थपिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले  १० दिनसम्म निषेधाज्ञालाई थप गरेको हो ।

भदौ १० गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनुभयो । यसअधि  साउन २५ गतेदेखि ३२ गते सम्म जिल्लामा निषेधाज्ञा थियो ।

कोरोना संक्रमणको जोखिम केही कम भए पनि पूर्णरुपमा नियन्त्रण नभएको र दैनिकजसो संक्रमितहरु भेटिरहेकाले निषेधाज्ञाको अवधि बढाइएको प्रजिअ बास्कोटाले जानकारी दिनुभयो ।

जिल्लामा गत बैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । सुरुमा कडाई गरिएको निषेधाज्ञामा अहिले केही खुकुलो बनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार