माधव नेपालको सुरक्षा बढाइयो

माधव नेपालको सुरक्षा बढाइयो

नवगठित नेकपा एमाले (समाजवादी) का संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा बढाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै नेपालले एमाले फुटाएर एमाले (समाजवादी) गठन गरेका हुन।

नयाँ पार्टी दर्ता भएसँगै नेपालको सुरक्षा बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सुरक्षा चुनौतीलाई मध्यनगर गर्दै महानगरीय प्रहरीको तर्फबाट एउटा गाडीसहित पाँच जना सुरक्षा थपिएको प्रहरीको भनाइ छ ।

प्रहरीका एक उच्च अधिकारीले सुरक्षा बढाइको र आजैबाट टोली खटिएको जानकारी दिए। ‘नयाँ पार्टी गठनसँगै पूर्वप्रधानमन्त्री नेपालको सुरक्षाका लागि एउटा गाडीसहित पाँच जना सुरक्षाकर्मी थपिएको छ,’ उनले भने।

यसअघि नेपाल प्रहरीका दुई र सशस्त्रको गाडीसहितको टोली नेपालको सुरक्षाका लागि खटाइएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार