अफगानिस्तानमा भएका आफन्तबारे जानकारी गराउन प्रशासनद्धारा अनुरोध

अफगानिस्तानमा भएका आफन्तबारे जानकारी गराउन प्रशासनद्धारा अनुरोध

मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अफगानिस्तानमा परिवारका कोहि सदस्य वा आफन्त रहेको भए तत्काल जानकारी गराउन पनि अनुरोध गरेको छ ।

अफगानिस्तानमा विकसित घटनाक्रमको कारण नेपालीहरु अप्ठेरोमा परेको भन्दै सरकारबाट उद्धारको लागि विवरण संकलन भैरहेको र सोहि प्रयोजनको लागि कोहि आफन्त त्यहाँ भएको भए विवरण टिपाउन प्रशासन कार्यालयले सूचना गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बिहीबार एक सूचना जारी गर्नुहुदै अफगानिस्तानमा परिवारका सदस्य वा आफन्त भएमा आफ्नो गाउँ तथा नगरपालिका, नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गर्नु गरेको बताउनुभयो ।

तालिबानले अफगानिस्तानको काबुल कब्जा गरेपछि त्यहाको अवस्था अप्ठ्यारो भन्दै गएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार