आठबीसकोटमा घर भत्किँदा एक जनाको मृत्यु

आठबीसकोटमा घर भत्किँदा एक जनाको मृत्यु

फाइल तस्बीर

रुकुम पश्चिमको आठबीसकोटमा घर भत्किँदा च्यापिएर एकजनाको मृत्यु भएको छ । गएराती करिब १ बजे आठबीसकोट नगरपालिका वडा नम्बर ७ डाँफे स्थित डण्डे कामीको घर भत्किदा उनकी ९ वर्षिया छोरी लालमती कामीको मृत्यु भएको हो ।

बालिकाको घटनास्थलमै मृत्यु भएको थियो । सुतिरहेको अवस्थामा घरको भित्ता भत्किएपछि भित्ताले च्यापिएर बालिकाको मृत्यु भएको आठबीसकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नबराज बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार परिवारका अन्य ३ जना सदस्यहरु भागेर ज्यान जोगाउन सफल भएका  छन्।

अहिले बालिकाको शव पोष्ट मार्टमका लागि राडीमा रहेको नगर अस्पताल ल्याउँदै गरेको प्रहरीले जानकारी दिएको छ । घर भत्किदा करिब पाँच लाख बराबरको क्षति भएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार