संक्रमितलाई स्वास्थ्यकर्मीको राखि

संक्रमितलाई स्वास्थ्यकर्मीको राखि

फाईल तस्बीर

काभ्रेको भकुण्डेबेशीस्थित जनक क्याम्पसमा रहेको आइसोलेसनमा भर्ना भएका कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीले राखि बाँधिदिएका छन् । पीपीई सेटसहित खटिएका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य मापदण्ड पालना गर्दै उनीहरूको सुस्वास्थ्य एवं दीर्घायुको कामनाका साथ राखी र टिका लगाइदिएका हुन् ।

जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व देशभर खुसीयाली साथ मनाइरहँदा आइसोलेसनमा बसेका बिरामीलाई चाडपर्वको समयमा एक्लोपन महसुस नहोस् भनेर राखी बाँधिदिने टिका लगाइदिने काम भएको आइसोलेसन केन्द्रकी इन्चार्ज मथुरा सत्यालले बताउनुभयो ।

आइसोलेसनमा ३० बर्षदेखि ७६ बर्षसम्मका बिरामी भर्ना भएका छन् । उक्त आइसोलेसन केन्द्र नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा स्थापना गरेका हुन् । आइसोलेसन केन्द्रमा हाल १० जना संक्रमित छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार