कांग्रेसमा क्रियाशील सदस्यताको विवाद टुंगियो

कांग्रेसमा क्रियाशील सदस्यताको विवाद टुंगियो

नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंगिएको छ । क्रियाशील सदस्यताकै कारण पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित हुँदै आएकोमा सोमबार देउवानिवास बुढानिलकण्ठमा नेताहरुले सहमति जुटाएका हुन् ।

क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन बाँकी विवादबारे पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बुझेका छन् ।

देउवानिवास बुढानिलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

कांग्रेसले भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । पार्टीको १४ औं महाधिवेशनको मिति आगामी मंसिर ९ देखि १३ गतेसम्मका लागि कार्यतालिकासहित निर्धारण गरेको छ ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार