परीक्षार्थीलाई कोरोना खोप लगाउन शिक्षा मन्त्रालयको आग्रह

परीक्षार्थीलाई कोरोना खोप लगाउन शिक्षा मन्त्रालयको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहका परीक्षार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

बिहीबार सूचना जारी गर्दै मन्त्रालयले कक्षा १२ को परीक्षा दिन तयारी गरिरहेका र अन्य विभिन्न निकाय परीक्षार्थीहरुलाई खोप लगाउन आग्रह गरेको हो । परीक्षार्थीहरुलाई खोप लगाउने व्यवस्था मिलाइसकेको मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘शिक्षा मन्त्रालयको अनुरोध अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तोकिएका विभिन्न खोप केन्द्र मार्फत कक्षा १२ र सो भन्दा मागिका विभिन्न तहका परीक्षामा सहभागी हुनुहुने विद्यार्थीहरुलाई लक्षित गरि कोभिड–१९ विरूद्ध गराउने प्रबन्ध मिलाई सकिएको छ ।’

१८ वर्ष वा सो भन्दा बढी उमेर समूहका सबै परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् विभिन्न विश्वविद्यालयहरुबाट उपलब्ध गराईएको प्रवेश पत्र सहित तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार