पहिरोले पाँच परिवार विस्थापित

पहिरोले पाँच परिवार विस्थापित

अविरल वर्षापछि आएको पहिरोले दाङको बंगलाचुली गाउँपालिका टाकुराका ५ परिवार विस्थापित भएका छन । बिहिबार रातिदेखि खसेको पहिरोका कारण बंगलाचुली गाउँपालिका–२ टाकुराको धरमपानी टोलका ५ घर परिवार विस्तापित भएका हुन् ।

विस्तापित हुनेमा दिल बहादुर घर्ती, भिम बहादुर घर्ती, पाराश्वर पुन, तेज बहादुर सार्की, होम बहादुर घर्तीका परिवारका २२ जना रहेको वडा सदस्य भिमकुमार बुढाले जानकारी दिए ।

उनका अनुसार दिलबहादुर घर्तीको परिवारलाई जनता आवास घर बेडिपोखरामा सारिएको छ । अन्य ४ परिवारलाई पनि अन्यत्रै सार्ने तयारी गरिएको छ ।

पहिरोका कारण दिलबहादुरको घर भासीएको छ । अन्य ४ घर बस्न नमिल्ने गरि चिरा परेको वडा सदस्य बुढाले बताए । क्षतीको विवरणको लागि प्रहरीले मुचुल्का उठाउन थालेको छ । अहिले पनि बस्ती माथीबाट ढुङ्गा र तलबाट पहिरो खसिरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार