रेडक्रसको ५९ औँ स्थापना दिवसको अवसरमा बिरामिलाई फलफूल बितरण

रेडक्रसको ५९ औँ स्थापना दिवसको अवसरमा बिरामिलाई फलफूल बितरण

फलफूल वितरण गर्दै कोषाध्यक्ष यज्ञ बहादुर केसी

मुसिकोट । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पश्चिमले ५९ औँ स्थापना दिवसको अवसरमा अस्पतालमा भर्ना भएका बिरामिहरुलाई फलफूल वितरण गरेको छ । शुक्रबार जिल्ला अस्पताल सल्ले र राप्ती समाज अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको रेडक्रस जिल्ला शाखा सभापति रमा गौतमले जानकारी दिनुभयो ।

राप्ती समाज अस्पतालमा भर्ना भएका १४ जना र जिल्ला अस्पताल सल्लेमा भर्ना भएका ५ जना सुत्केरी तथा गर्भवति महिला, १ जना कोभिड संक्रमति बिरामिलाई फलफूल वितरण गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णु बुढाथोकी, रेडक्रस जिल्ला शाखा सभापति रमा गौतम, कोषाध्यक्ष यज्ञ बहादुर केसी, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपाली, नेत्रज्योती संघका जिल्ला सभापति शिवराम खत्री, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले फलफूल बितरणा गर्नुभएको हो ।

हाल नेपाल रेडक्रसका १ हजार ५ सय ३७ उपशाखा, ७७ जिल्ला शाखा, ७ वटा प्रदेश समिति र एक केन्द्रीय समिति छन् भने ४ हजार ५ सय ३ जुनियर सर्कल, समुदाय र उच्च शिक्षालायमा समेत गरी १ हजार ७ सय ५२ युवा सर्कल गरी ८ हजारभन्द बढी निकायहरूमा २ लाख २४ हजार बैधानिक वयस्क सदस्यहरू मूलतः उपशाखा तथा जिल्ला शाखामा र ८ लाख ५२ हजार जुनियर तथा युवा सदस्यहरू विभिन्न शैक्षिक संस्थाहरूमा आबद्ध छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार