कुलोमा माछा मार्दा ज्यान गुम्यो

कुलोमा माछा मार्दा ज्यान गुम्यो

दाङको लमही नगरपालिका-१ सुन्डबरी निवासी ४९ वर्षीय खिमबहादुर घर्ती माछा मार्न घर नजिककैको कुलोमा गएका थिए। शनिबार दिउँसो श्रीमान्–श्रीमती दुबैजना माछा मार्न निस्किएका थिए।

माछा मार्दैगर्दा घर्तीले अन्धाई (अन्धो माछा) फेला पारे। सिमसारजस्तो ठाउँमा यो माछा पाइन्छ। माछा फेला पारेपछि मार्न मुखले टोके। त्यसको केही बेरमा घर्ती बेहोस हुन पुगे। उपचारको लागि लमही अस्पताल पुर्‍याइयो। तर, अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै उनको बाटोमा मृत्यु भयो।

घर्तीको कसरी मृत्यु हुन पुग्यो भन्नेबारेमा पुष्टि हुन सकेको छैन। लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रञ्जिता कुमारी महतोले घर्तीको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताइन्। मृत्युबारे पोष्टमार्टमपछि मात्रै के कारणले भएको थाहा हुने उनको भनाइ छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार