नेपाली काङ्ग्रेस चौरजहारीद्वारा अक्सिजन कन्सन्ट्रेटर र स्वास्थ्य सामाग्री सहयोग

नेपाली काङ्ग्रेस चौरजहारीद्वारा अक्सिजन कन्सन्ट्रेटर र स्वास्थ्य सामाग्री सहयोग

मुसिकोट । नेपाली काङ्ग्रेस चौरजहारीले कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ।
कोरोना संक्रमितको उपचारमा सहजता ल्याउनका लागि नेपाली कॉंग्रेसका नेता एवं पूर्व सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको सहयोगमा उपलब्ध अक्सिजन कन्सन्ट्रेक्टर र स्वास्थ्य सुरक्षाका सामाग्री शनिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको नेपाली काङ्रेसका नेता शिव आचार्यले जानकारी दिनुभयो ।

पूर्व मन्त्री बस्नेतको सहयोगमा यसअघि सल्यान, डोल्पा, रोल्पा र रुकुम पूर्वमा पनि एक/एक वटा अक्सिजन कन्सन्ट्रेक्टर र स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरिएको थियो । सामाग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्यकर्मी एवं नेपाल तरुण दल चौरजहारीका नगर सभापति यदु आचार्यद्वारा व्यक्तिगत लगानीमा प्राथमिक स्वास्थ्य केन्द्रलाई मास्क र सेनिटाइजर प्रदान गर्नुभएको थियो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा उक्त स्वास्थ्य संस्थाका अध्यक्ष एवं चौरजहारी वडा नं ७ का वडा अध्यक्ष इन्द्रलाल शर्मा, कार्यालय प्रमुख राम बहादुर सुनार, अहेव लक्ष्मण हमाल, सुवाष बोहरा र नेपाली काङ्रेसका नेता तिलक बहादुर भण्डारी, निबर्तमान नगर सभापति भद्र बहादुर विष्ट, नगर सचिव बालकृष्ण भाट र सह सचिव लिलाराज वस्याल,नेता द्वय बलविर गोसाईर प्रेम बहादुर ओली, चौरजहारी वडा नं ७ का वडा सभापति खेम राज शर्मा, ९ नं वडा सभापति एवं तरुण नेता नरेन्द्र मल्ल लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार