मदन भण्डारी फाउन्डेसन रुकुम पश्चिमको अध्यक्षमा शाह

मदन भण्डारी फाउन्डेसन रुकुम पश्चिमको अध्यक्षमा शाह

अध्यक्ष नारायण कुमार शाह

मुसिकोट । मदन भण्डारी फाउन्डेसन जिल्ला समिति रुकुम पश्चिमको पहिलो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न फाउन्डेसनको पहिलो जिल्ला अधिवेशनबाट नारायण कुमार शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले ११ जनाको नयाँ कार्य समिति चयन गरेको हो ।।

फाउन्डेसनको उपाध्यक्षमा पहल वहादुर खड्का, सचिव अधिवक्ता रचना मल्ल, सह-सचिव चुडामणी गौतम, कोषाध्यक्ष वसन्ती नेपाली र प्रदेश प्रतिनिधिमा लोक वहादुर केसी, तुलसा मल्ल र खड्क बस्त्राकारलाई चयन गरेको फाउन्डेसनले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार