पहिरोले घर पुरिँदा एकको मृत्यु: दुई घाइते, एक बेपत्ता

पहिरोले घर पुरिँदा एकको मृत्यु: दुई घाइते, एक बेपत्ता

फाईल तस्वीर

रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। रोल्पा नगरपालिका वडा नम्बर १० मा गए राति पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको हो।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले दिएको जानकारीअनुसार पहिरोले घर पुरिँदा दुई जना घाइते छन् भने एक जना बेपत्ता छन्। उनको खोजी कार्य भइरहेको छ।

मृत्यु र घाइते तथा बेपत्ता हुनेहरूको पहिचान भइसकेको छैन।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार