नासुको आजदेखि अन्तर्वार्ता हुन बाँकी सबै परीक्षा स्थगित

नासुको आजदेखि अन्तर्वार्ता हुन बाँकी सबै परीक्षा स्थगित

लोक सेवा आयोगले आजदेखि अन्तर्वार्ता हुन बाँकी सम्पूर्ण परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आयोगको आइतबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

आयोगका अध्यक्षस्तररीय बैठकको निर्णयले धनकुटा, जलेश्वर, काठमाडौं पोखरा, बुटवल, सुर्खेत र दिपायलबाट आर्थिक वर्ष २०७६-०७७ मा विज्ञापन भई २०७८-०५-११ गतेदेखि कम्प्युटर सीप परीक्षण सञ्चालन गरिएको राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्रा), नायब सुब्बा वा सो सरह पदका नेपाल प्रशासन सेवा (सामान्य प्रशासन, लेखा, राजश्व समूह० र व्यवस्थापिका संसद् सेवा, सामान्य प्रशासन समूह) का मिति २०७८-०५-२१ गतेदेखि अन्तर्वार्ता हुन बाँकी सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो ।

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बमोजिम परीक्षा स्थगित गरिएको आयोगका उपसचिव प्रकाश गुरुङले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार