रुकुम पश्चिममा तीन जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

रुकुम पश्चिममा तीन जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

मुसिकोट । रुकुम पश्चिममा नेकपा एमालेबाट निर्वाचित तीन जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी पार्टि रोजेका छन् । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष बिनोद पुन सोही वडाका वडा सदस्यहरु खिर्मि पुन र तेजबहादुर पुनले एकीकृत समाजवादी रोजेका हुन् ।

उनीहरुले मंगलबार जिल्ला निर्वाचन कार्यालय खलंगामा पुगेर एकीकृत समाजवादीको सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्नका लागि आज सम्मको समय दिएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार