क्वारेन्टाइनमा बसेकाहरुलाई विशेष सुविधाको व्यवस्था गरेका छौ : अध्यक्ष लाहुराम थारु

क्वारेन्टाइनमा बसेकाहरुलाई विशेष सुविधाको व्यवस्था गरेका छौ : अध्यक्ष लाहुराम थारु

खडक खत्री बाँके
बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले क्वारेन्टाइनमा कुनै पनि असुविधा हुन नदिन गाउँपालिकाले विशेष अभियान सञ्चालन गरेको बबताउनु भएको छ । उहाँले कोरोना भाइरस विरुद्धको अभियानलाई प्रभावकारी बनाउन राप्तीसोनारी गाउँपालिकाकाले अभियान सञ्चालन गरेको बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष थारुले क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुलाई कुनै पनि असुबिधा हुन नदिनका लागि ब्यापक तयारीका साथ गाउँपालिका अगाडि बढेको बताउनु भएको छ । राप्तीसोनारीका वडा नं ३ मा रहेको सामुदायिक आश्रय भवन क्वारेन्टाइनमा १५ जना वडा नं ७ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय क्वारेन्टाइनमा ८ जना र वडा नंं। ८ मा शिवशक्ति माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा १ जना गरी भारतबाट मजदुरी गरेर फर्कका २४ जना ब्यक्तिहरुको झुल, खानेपानी, साबुन, निर्धा्रित मापदण्ड अनुसार खाजा नास्ता, शौचालय र स्वास्थ्य परीक्षण लगायतको ब्यवस्थापन गाउँपालिकाले गरेको छ ।

यसैगरी भारतीय सीमाबाट अझैं पनि लुकीछुपी नेपालीहरु घर फर्किरहेको पाइएकाले सीमा क्षेत्रमा कडा सुरक्षा ब्यवस्था गरी सीमा नाकाबाट आवतजावतमा पूर्ण प्रतिबन्ध लगाउने गाउँपालिकाले जानकारी दिएको छ । संक्रमणको यस्तो कठिन परिस्थितीमा गाउँपालिकाको एक्लो प्रयासले मात्र नहुने भन्दै अध्क्षय थारुले सहयोगका लागि अग्रसर ब्यक्तिगत तथा संस्थागत सवैलाई एकद्वारबाट सहयोग गर्नुपर्ने बताउनु भयो ।

लकडाउन का कारण बढी मारमा परेका,अतिबिपन्न परिवार, ज्याला मजदुर वर्ग तथा असहाय परिवारहरुलाई राहत प्याकेज अन्तर्गत् २० किलो चामल, २ किलो दाल, १ बोतल खाने तेल तथा १ प्याकेट नुन उपलब्ध गराउने बताएको छ ।

गाउँपालिकाले यसअघि कोरोना भाइरस संक्रमण उपचार कोष खडा समेत गरेको छ । अध्यक्ष थारुले कोषमा सक्दो रकम जम्मा गरेर कोरोना विरुद्ध गाउँपालिकाले थालेको अभियानमा सहयोग गर्न सबैमा अपिल समेत गरेका छन । उनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सहयोग गर्न खोज्ने ब्यक्ति, संघ–संघ संस्था तथा उद्योगीहरुले सोझै गाउँपालिका अध्क्षय लाहुराम थारुको ९८५८०२६६८०, उपाध्क्षय हरी कुमारी खत्री ९८५८०८२२२२, प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेत ९८६०३०१४७५, वडा अध्क्षय खुम बहादुर बस्नेत ९८५८०२५१२८ र गाउँपालिका अध्क्षय स्वकिय सचिव सन्तोष चौधरी ९८५८०२५७२६ मा सम्र्पक गर्न सक्ने जानकारी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार