मुसिकोट १३ को वडा सभापतिमा खत्री चयन

मुसिकोट १३ को वडा सभापतिमा खत्री चयन

वडा सभापतिमा दल बहादुर खत्री

मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ को वडा सभापतिमा दल बहादुर खत्री निर्वाचित हुनुभएको छ । भदौ २३ गते बाट शुरु भएको नेपाली काँग्रेस रुकुम पश्चिमको ७ औँ जिल्ला अधिबेशन अन्तरगतको प्रथम वडा अधिबेशन बाट खत्रीलाई शुक्रबार सर्वसम्मत चयन गरिएको हो । उहाँ सँगै सबै कार्य समिति नै निर्विरोध निर्वाचित भएको छ ।

खत्री लामो समय देखि नेपाली काँग्रेस रुकुममा सक्रिय राजनीतिमा क्रियाशिल हुनुहुन्छ । निर्वाचन अधिकृत हरि बहादुर ओलीका अनुसार भेलाले सर्वसम्मत रुपमा २८ सदस्य वडा समिति गठन गरेको छ ।

भेलाबाट उप-सभापतिमा चन्द्र बहादुर रोका र टेके रोका, सचिबमा काली बहादुर केसी र कुबेर खत्री, सह-सचिवमा हर्क सिंह कामी र गोबिन्द बहादुर खड्का चयन भएका छन । एक जना कोषाध्यक्ष कार्यसमितिबाट पछि मनोनित गरिने भएको छ ।

सदस्यहरुमा कमला ओली, मिना खड्का केसी, भिम बहादुर खत्री, दुर्गा कुमारी कामी, बुद्धे कामी, मन्जीत कामी, ज्ञान बहादुर ओली, मिन बहादुर कामी, सुनिता रोका, चन्द्र बहादुर ददेल, राम बहादुर ओली, जमुना रोका, मुमा कामी, मान बहादुर गिरी, कालो रोका, बिर हादुर रोका, सुकी रोका, मैमी बिष्ट, कृष्ण परियार र नैनसिंह ददेल सर्वसम्मत निर्वाचित भएका छन्।

यस्तै अधिबेशनबाट १५ जना क्षेत्रीय प्रतिनिधि चयन गरिएको छ । नबराज गिरि, अमृता ओली, कमला केसी, शुसिला खड्का, चन्द्र बहादुर घर्ति, डिल्ली बहादुर ओली, कर्ण बहादुर ओली, लक्ष्मण केसी, गोबिन्द बहादुर केसी, प्रविर ददेल, नन्द कुमारी बिष्ट, केदार शर्मा, चन्द्रकला घर्ति, लाल बहादुर रोका र चन्द्र बहादुर ओलीलाई सर्वसम्मत चयन गरिएको हो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार