खोलाले बगाउँदा एक बेपत्ता

खोलाले बगाउँदा एक बेपत्ता

रुकुमकोट । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । गाउँपालिकाको वडा नम्बर ६ को अँधेरीखोलाले सोही गाउँपालिका वडा नम्बर १३, का ४० वर्षीय हिरा विकलाई बगाएको प्रहरीले जनाएको छ ।

आइतबार अपरान्ह ४ बजेतिर खोला तर्ने क्रममा विकलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बेपत्ताको खोजतलास भइरहेको प्रहरीले जनाएको छ

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार