बुधबार १७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

krishi
Duduwa Corona

बुधबार १७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो २४ घण्टामा नेपालमा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ ।

जसमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

त्यस्तै १२२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार