दुईदिन देखि मालपोत कार्यालय रुकुम पश्चिमबाट दिईने सेवा ठप्प

इन्टरनेट नचल्दा सेवाग्राही मारमा

दुईदिन देखि मालपोत कार्यालय रुकुम पश्चिमबाट दिईने सेवा ठप्प

इन्टरनेट नचल्दा सेवाग्राही मारमा

मालपोत कार्यालय परिसरमा सेवा लिन आएका सेवाग्राही

मुसिकोट । बढ्दो प्रविधिको प्रयोगसँगै पछिल्लो समय सरकारी कार्यालयमा इन्टरनेट मार्फत सेवा प्रवाह शुरु गरिएको छ । तर, इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरवाहीले कार्यालयमा जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका छन् ।

यसको उदाहरण हो जिल्ला मालपोत कार्यालय रुकुम पश्चिम । इन्टरनेटले काम नगरेपछि दुईदिन देखि मालपोत कार्यालय रुकुम पश्चिमबाट दिईने सेवा ठप्प भएको छ । मंगलबारदेखि मालपोत कार्यालयमा इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको इन्टरनेट नचल्दा सेवाग्राही मारमा परेका छन् ।

कार्यालयबाट हुने सेवाहरु नामसारी, राजिनामा, जग्गा रजिस्ट्रेशन, दाखिला, खारिज, सशोधन, मोही कट्टा अनलाइनबाट हुने भएपछि इन्टरनेट चलल्दा काम गर्ने समस्या भएको जिल्ला मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख गार्खबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि कार्यालयमा दैनिक करिब ५० बढि सेवाग्राही सेवा लिन आउने भएपनि दुई दिनदेखि इन्टरनेट चलल्दा सबै सेवा ठप्प भएको छ।

यस्तै कार्यालयमा एउटा मात्र इन्टरनेटको सर्भर जडान गरिएको छ । बाहिरबाट समान ल्याउन पर्ने भएकाले केही दिन समय लाग्ने इन्टरनेट सेवा प्रदायक कम्पनीले बताएको कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार