त्रिवेणीमा असोज ४ गतेदेखि विद्यालय खुल्ने

त्रिवेणीमा असोज ४ गतेदेखि विद्यालय खुल्ने

मुसिकोट । कोरोना सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका क्षेत्रका विद्यालयहरू खुल्ने भएका छन । जिल्लामा पछिल्लो समय कोरोना संक्रमणदर घटेपछि असोज ४ गतेबाट त्रिवेणी क्षेत्रका विद्यालयहरु सञ्‍चालनमा आउने भएका छन् । कोरोना संक्रमण बढ्दै गएपछि गत वैशाखदेखि यहाँका विद्यालय बन्द रहेका थिए।

बुधबार गाउँपालिका स्तरीय कोभिड-१९ रोकथाम तथा नियन्त्रण समितिका संयोजक झक्कुप्रसाद घर्तीमगरको अध्यक्षतामा बसेको बैठकले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय खोल्न दिने निर्णय गरेको हो । बैठकले असोज २६ गतेदेखि काक्तिक २१ गतेसम्म चाडपर्व दशै र तिहार बिदा गर्ने र पुन: कार्तिक २२ गते सोमबारदेखि शैक्षिक सत्रभरी सार्वजनिक बिदा बाहेक सबै दिनमा पठनपाठन नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको त्रिवेणी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुन मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले त्रिवेणी गाउँपालिका अस्पताल खारानेटामा २ वटा कोठा कोभिड-१९ वार्डको रुपमा राख्ने र उपचार गर्ने, गाउँघर क्लिनिकको भवनबाट सञ्चालन हुँदै आएको ओपीडी सेवा र बन्द रहेको ओपीडी सेवा, वर्थिङ सेवा असोज १ गतेदेखि सोहि अस्पतालबाट नियमित रुपमा सूचारु गरिने भएको छ ।

यस्तै विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्ने साथै दशै तिहारमा विद्यालय लगायत अन्य संस्था, क्लब, समुह र व्यक्तिहरुले सामुहिक रुपमा देउसी भैलो, मेला जात्रा, महोत्सव जस्ता भीडभाड हुने कार्यक्रम पूर्ण रुपमा बन्द गर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

 

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार