बावुछोरा मिलेर चोरेको सुनचाँदी, पानी ट्यांकीमा भेटियो

बावुछोरा मिलेर चोरेको सुनचाँदी, पानी ट्यांकीमा भेटियो

चैत २७ काठमाडौँ
धनगढीमा सुनचाँदी पसलमा चोरी गर्ने बावुछोरालाई आज प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनगढी नजिकै रहेको प्रिया सुनचाँदी पसलमा चोरी गर्ने कारागार रोड बस्दै आएका ४५ वर्षीय पप्पु गुप्ता र उनका छोरा पवन गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

सुनचाँदी पसलबाट चोरी गरेको सामान गुप्ताको घरको छतमा पानीको ड्रममा लुकाई राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनले चोरी भएको सुनचाँदी पसल नजिकै फलफूल, तरकारी बिक्री गर्ने ठेला संचालन गर्दै आएका थिए ।

पप्पु गुप्ता यस भन्दा अघि पनि लागु औषध, सार्वजनिक अपराधमा मुद्दा खेपेका व्यक्ति हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार