रुकुम पूर्व : तीनै पालिकामा काँग्रेसको सर्वसम्मत नेतृत्व चयन

रुकुम पूर्व : तीनै पालिकामा काँग्रेसको सर्वसम्मत नेतृत्व चयन

रुकुमकोट । नेपाली काँग्रेस रुकुम पूर्वले तीन ओटै गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

शनिबार सम्पन्न भएको प्रथम अधिबेशनबाट सिस्ने गाउँपालिकाको सभापतिमा मदन बिसी चयन हुनुभएको छ । सिस्नेको उप सभापतिमा बचन झाँक्री र गोबिन्द शाह, सचिवमा हेमन्त खत्री र भक्तबहादुर दमाई, सह सचिवमा अर्जीत हमाल र प्रेम शाही सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यसैगरी जिल्लाको भूमे गाउँपालिकाको सभापतिमा दिनेश रोका सर्वसम्मत चयन हुनुभएको छ । गाउँपालिकाको उप सभापतिमा प्रेम पुन र कमला ओली खड्का, सचिवमा शिशिर पुन र विरेन्द्रकुमार घर्ती, सह सचिवमा राजकुमार बुढा र हरी पुनलाई चयन गरिएको बताईएको छ ।

पुथाउत्तरगंगा गाउँपालिकाको सभापतिमा शतस बुढा चयन हुनुभएको छ भने उप सभापतिमा बिरवल रोका र मायापुरा बिक, सचिवमा जुनकुमारी बिक र नरेश पुन, सह सचिवमा श्याम बुढा र गीता सुनार चयन हुनुभएको नेपाली काँग्रेस रुकुम पूर्वका सभापति केशरमान रोकाले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार