बाटोमा भेटाएको नगद रकम सहित कागजात फिर्ता

बाटोमा भेटाएको नगद रकम सहित कागजात फिर्ता

मुसिकोट । बाटोमा हराएको नगद रकम कसैले भेटेर फिर्ता दिने गरेका घटना कमै मात्रामा सुनिन्छन् । तर, रुकुम पश्चिमका दुई युवाले बाटोमा भेटिएको नगद रकम र महत्वपूर्ण कागजातहरु सम्बन्धित व्यक्तिलाई खोजि गरेर बुझाईदिएका छन् ।

गत शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी रुकुम पूर्वका अध्यक्ष सुधिर बिक्रम शाहको सवारी चालक अनुमति पत्र, अन्य महत्वपूर्ण कागजातको साथमा नगद १८ हजार हराएको थियो ।

शनिबार मुसिकोट नगरपालिका १ का १६ बर्षिय बिनय कुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयमा रुकुम पश्चिममा कार्यरत बिक्रान्त चौधरीले आफूहरुले बाटोमा भेटाएको उक्त महत्वपूर्ण कागजात र नगद रकम शाहलाई उपलब्ध गराईदिनुभएको हो ।

रुकुम पश्चिमको सदरमुकाम १ स्थित बाल मन्दिर अगाडि बाटोमा भेटिएको उक्त नगद रकम र कागजात उहाँहरुले शाहको खोजि गरेर फिर्ता दिनुभएको हो ।

उच्च नैतिकता र ठुलो मन हृदय भएका व्यक्तिहरुको हातमा परेकोले आफूले कागजात र नगद समेत पाएको भन्दै शाहले पोखरेल र चौधरीलाई धन्यबाद व्यक्त गर्नुभयो ।
सज्जन र नैतिकवानहरुलाई पैसाले लोभ्याउन सक्दैन भन्ने उदाहरण यी दुई युवाहरुले देखाएका हुन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार