रुकुमबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुमबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मुसिकोट । नेपाल निजामती कर्मचारी संगठन रुकुम पश्चिमले आईतबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

संगठनको केन्द्रीय कार्यालय बबरमहलमा गत असोज ४ गते संगठन बिरोधी अराजक झुण्डले उच्छृङखल नाराबाजि गर्ने, संगठनको ब्यानर र झण्डा च्यात्ने, ढुंगामुढा गर्ने जस्ता कार्य गरेकोले कानूनी कारबाहिको माग गर्दै संगठनले ज्ञापनपत्र बुझाएको संगठनका ११ औ राष्ट्रिय अधिवेशन आयोजक समितिका सदस्य प्रकाश खड्काले जानकारी दिनुभयो ।

संगठनको देशव्यापी कार्यक्रम अन्तर्गत आज निमित्त प्रमुख जिल्ला अधिकारी प्रमेश शिवालाई उक्त ज्ञापनपत्र बुझाईएको हो । ज्ञापनपत्रमा अपराधिक कार्य गर्नेलाई कारबाहि गर्नुको साटो उल्टै संगठनका आधिकारीक पदाधिकारी तथा सदस्यहरुलाई कार्यालय भित्रै पक्राउ गरिएको भन्दै बिरोध गरिएको छ भने सरकारी पक्षबाट कार्यालयमा लगाईएको ताला तत्काल खोल्न अनुरोध गरिएको छ ।

ज्ञापन पत्र बुझ्नुहुदै निमित्त प्रजिअ शिवाले प्रधानमन्त्री कार्यालयमा पठाईने प्रतिक्रिया दिनुभएको छ ।

ज्ञापनपत्र :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार