रुकुममा पहिलो पटक जेष्ठ नागरिकका लागि दिवा सेवा सञ्चालन हुँदै

रुकुममा पहिलो पटक जेष्ठ नागरिकका लागि दिवा सेवा सञ्चालन हुँदै

मुसिकोट । रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा पहिलोपटक जेष्ठ नागरिक दिवा सेवा सञ्चालन हुने भएको छ ।

आज बसेको जेष्ठ नागरिक जिल्ला कार्य समितिको बैठकले उक्त सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी असोज १५ गते जेष्ठ नागरिक दिवसको अवसर पारेर सेवा केन्द्र सञ्चालन गर्ने निर्णय गरेको सामाजिक विकास कार्यालय रुकुम (पश्चिम) का प्रमुख खिम प्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार दिवा सेवा केन्द्रमा जेष्ठ नागरिकका लागि खाजा, धार्मिक तथा साँस्कृतिक अध्ययन सामाग्री, मनोरञ्जनका सामाग्रीहरु लगायतका व्यबस्था गरिनेछ ।

जेष्ठ नागरिक जिल्ला कार्य समिति रुकुम (पश्चिम)का अध्यक्ष एवम् मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतममका अनुसार जेष्ठ नागरिकहरुको सम्मान, उहाँहरुले समाजमा दिनुभएको योगदानको कदर गर्दै उक्त सेवा सञ्चालन गरिने भएको हो । उक्त सेवा केन्द्रमा जेष्ठ नागरिकहरुले नियमित भलाकुसारीका साथै विगतका अनुभवहरु साटासाट गर्न सक्नेछन् ।

सामाजिक विकास कार्यालय रुकुम (पश्चिम) र मुसिकोट नगरपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन गरिने भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार