जागरण अभियान चलाउँदै मगर संघ भूमे

जागरण अभियान चलाउँदै मगर संघ भूमे

नेपाल मगर संघ भूमे गाउँपालिकाले जनगणना २०७८ सम्बन्धी सचेतिकरण तथा जागरण अभियान चलाएको छ । मगरहरूको वास्तविक तथ्यांक अभिलेख गर्नका लागि संघले सो अभियान चलाएको हो । हिजो सोमबार भूमे गाउँपालिका ५ नम्बर वडामा सञ्चालन गरि सुरु भएको अभियान मगर खाम भाषा, कला र संस्कृति जगेर्ना गर्ने उद्देश्यले चलाइएको नेपाल मगर संघ भूमे गाउँपालिकाका अध्यक्ष लिल बहादुर पुनले बताए ।

भाषा, कला, संस्कृतिमा फरक पहिचान रहेको भए पनि अशिक्षाका कारण हामीले हिन्दु भनेर लेख्नुपरिरहेको उनले बताए । कार्यक्रमको दोस्रो दिन आज भूमे गाउँपालिका ४ साकिमको चौतारामा हुँदैछ भने भोलि बुधबारको दिन भूमे ४ कै काँडामा हुनेछ ।

बिहीबार भूमे ३ सिमा र शुक्रबार सोही वडाको क्याङ्सीमा सञ्चालन हुनेछ । त्यस्तै शनिबार भूमे २ सैपातुङमा र आईतबार १ नम्बर वडाको लुकुममा कार्यक्रम सञ्चालन गरि पहिलो चरणको कार्यक्रम सकिनेछ । दोस्रो चरणका कार्यक्रम भने बाँकी वडामा दशैं पछि सञ्चालन हुने अध्यक्ष पुनले जानकारी दिएका छन् ।

पहिलो दिन सेराबाङमा नेपाल मगर संघ भूमे गाउँ कार्य समितिका अध्यक्ष लिल बहादुर पुन मगरको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन प्रेम बुढा मगरले गर्नुभएको थियो । कार्यक्रममा नेपाल मगर संघ जिल्ला कार्य समिति रुकुम पुर्वका उपाध्यक्ष तथा आदिवासी जनजाति महासंघ रुकुम पुर्वका सहसचिव जीत बहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै भूमे गाउँपालिका वडा नम्बर ५ का महिला वडा सदस्य सीता बुढा मगर, नेपाल मगर संघ रुकुमका संस्थापक सदस्य दिपक कुमार बुढा मगर, नेपाल मगर संघका रुकुम पुर्वका जिल्ला सदस्य बिकास बुढा मगर र ईच्छा बुढा मगर, मंगोल नेशनल अर्गनाइजेसन केन्द्रीय सदस्य रतन बुढा मगर, नेकपा माओवादी केन्द्रको ५ नम्बर वडा अध्यक्ष राजु बुढा मगर लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार