खोप नलगाएका कर्मचारीले कार्यालयमा प्रवेश नपाउने

खोप नलगाएका कर्मचारीले कार्यालयमा प्रवेश नपाउने

दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले सबै सरकारी कर्मचारीहरूले कोभिड-१९ को खोप नलगाए कार्यालय प्रवेश नपाउने बताएको छ ।

संघीय सरकारद्वारा खोप लगाउन निर्धारित दिशानिर्देशमा अक्टोबर १५ सम्म कोभिड-१९ खोपको कम्तीमा पहिलो मात्रा लिन आदेश जारी गरेको थियो ।

डीडीएमएद्वारा जारी वक्तव्यमा लेखिएको छ, “विभिन्न विभागमा कार्यरत सबै सरकारी कर्मचारीले कात्तिक १५ गतेसम्म कोभिड-१९ खोपको कम्तीमा पहिलो मात्रा खोप लगाउनु पर्नेछ । सरकारले तोकेको खोप निर्देशिकाअनुसार कात्तिक १५ गतेसम्म खोप लगाउनुपर्नेछ ।

“यदि सरकारी कर्मचारीहरूलाई अक्टोबर १५ सम्ममा कोभिड-१९ खोपको कम्तीमा पनि पहिलो मात्रा दिइएको छैन भने अक्टोबर १६ देखि उनीहरूलाई आ-आफ्नो कार्यालयमा उपस्थित हुन अनुमति दिइने छैन,” वक्तब्यमा भनिएको छ ।

यसैबीच, भारतको संघीय राजधानीसमेत रहेको दिल्ली राज्यमा अहिलेसम्म एक करोड ८७ लाख मानिसलाई कोभिड-१९ खोप लगाइएको राज्य सरकारले जनाएको छ । (एएनआई)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार