प्रदेश सरकारको विरोध पछि काठमाडौँ उपत्यकामा रहेकालाई बाहिर पठाउने निर्णय रद्द

प्रदेश सरकारको विरोध पछि काठमाडौँ उपत्यकामा रहेकालाई बाहिर पठाउने निर्णय रद्द

चैत २७ काठमाडौ
बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । लकडाउन जारी रहेको अवस्थामा प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न नसकि रद्द गरेको हो ।

 

कोरोना भाइरस कोभिड १९ को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरेको छ । लकडाउन वैशाख ३ सम्म लम्बिएपछि मानिसहरु हिँडेर समेत घर जान थालेका छन् । त्यसलाई हेरेर सरकारले उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने गृहकार्य गरेको थियो ।

 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरोकारबाला मन्त्रीहरुलाई बोलाएर उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिन निर्देशन दिए । कसरी जान दिने भन्ने गृहकार्य गर्न गृह सचिवलाई भनिएको थियो ।

 

यस्तै प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको निर्णयको फेसबुकमा लेखे विरोध गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार