चौरजहारीमा काँग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम

चौरजहारीमा काँग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम

रुकुम पश्चिमको चौरजहारीमा सोमबार विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।  नेपाली कांगेस चौरजहारी नगर कमिटिको आयोजनामा भएको उक्त कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न निकायका प्रमुख, बुद्धिजिवि तथा व्यापारीहरुले शुभकामना साटासाट गरेका थिए ।

चाडपर्वको मौकामा शान्ति,अमनचयन, भातृत्व र सहकार्यको भावनालाई झन् बलियो बनाउन शुभकामना आदान प्रदानको कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस चौरजहारी नगर कमिटि अध्यक्ष प्रेम बहादुर ओलीले बताउनुभयो । कार्यक्रममा सहभागी सबैले समाजको विकास र स्थानीय स्तरको समृद्धिको लागि एकजुट हुनुपर्नेमा जोड दिएको अध्यक्ष ओलीले जनाउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका जिल्ला सभापति प्रेम प्रकाश ओली, नेकपा माओबादी केन्द्र चौरजहारीका अध्यक्ष श्रीकृष्ण शर्मा, चौरजहारी नगरपालिका उप प्रमुख राधा रोका, नेपाली कांग्रेस जन सम्पर्क बिभागका केन्द्रीय सदस्य तिलक भण्डारी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि खडक डाँगी, शीतल क्याम्पस चौरजहारीका सह क्याम्पस प्रमुख रमेश लामिछाने, नेपाल शिक्षक महासंघ कर्णाली प्रदेश सदस्य ठकेन्द्र आचार्य, नेपाल शिक्षक महासंघ नगर कमिटि सचिव हिरालाल बिस्ट, नेपाल तरुण दल चौरजहारी नगर कमिटि अध्यक्ष यदु कुमार आचार्य लगायतको सहभागीता रहेको थियो ।

यस्तै सोमबार नै चौरजहारीमा नेपाली कांग्रेस चौरजहारीको नयाँ कार्यालय उद्घाटन गरिएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १ स्थित बजार लाईनमा कार्यालय सञ्चालन गरिएको नेपाली काँग्रेस चौरजहारी समितिका सचिव लक्ष्मण ओलीले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार