ह्दयघातका कारण वरिष्ठ अधिवक्ता डाक्टर गौतमको निधन

गौतमको को निधनले रुकुम स्तब्ध

ह्दयघातका कारण वरिष्ठ अधिवक्ता डाक्टर गौतमको निधन

गौतमको को निधनले रुकुम स्तब्ध

मुसिकोट । रुकुम पश्चिमले एक आदर्शवान कानून व्यवसायी गुमाएको छ । वरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतमको ह्दयघातका कारण निधन भएको छ । रुकुम पश्चिम मुसीकोट नगरपालिका-१ खलंगा निवासी डाक्टर नवराज गौतमको ६६ वर्षको उमेरमा ह्दयघातका कारण काठमाडौंमा बिहिबार राति निधन भएको हो ।

उहाँको काठमाडौंको बुद्धनगरमा रहेको घरमै निधन भएको परिवारजनले बताएका छन् । शौचालय गएका गौतम एक्कासी कराएपछि परिवारका सदस्यले हेर्दा उहाँ अचेत अवस्थामा फेला पर्नुभएको थियो । लगत्तै नयाँ बारेश्वरको एभरेष्ट अस्पताल पुर्याउदा डाक्टरहरुले पहिलेनै मृत्यु भएको घोषणा गरेको बताईएको छ ।

डाक्टर गौतमलाई लामो समय देखि सुगर र प्रेसरको समस्या थियो । परिवारका अनुसार उहाँको गयराती नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

डाक्टर गौतम रुकुम पश्चिममा नागरिक अगुवाका रुपमा चिनिनुहुन्थ्यो । नेपाली काँग्रेस रुकुमका पूर्व उपसभापति एवं पूर्व महाधिबेशन प्रतिनिधि गौतम लामो समय देखि अधिवक्ताका रुपमा काम गर्दै आउनु भएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार
Posted in Uncategorized

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार