कोरोेना भाइरसका कारण भक्तपुरमा यो वर्ष बिस्काः जात्रा नमनाइने

कोरोेना भाइरसका कारण भक्तपुरमा यो वर्ष बिस्काः जात्रा नमनाइने

चैत २८ भक्तपुर
भक्तपुरमा मनाइदै आएको बिस्काः जात्रा यस वर्ष नमनाइने भएको छ।

कोरोेना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम गर्न देशभर लकडाउन गरिएकाले भक्तपुरको बिस्काः जात्रा अर्थात बिस्केट जात्रा यस वर्ष नमनाइने भएको छ ।

देशमा अनिकाल, रोग, व्याधि, शत्रु नाशको कामना गर्दै मनाइने बिस्काः जात्रा विश्वव्यापी रूपमा देखिएको महामारीका कारण रोकिन पुगेको हो । चैत २७ गते बेलुकादेखि सुरु भएर आठ दिन नौ रातसम्म मनाइने बिस्काः जात्रा भक्तपुरको मुख्य जात्राको रुपमा लिइन्छ । स्थानीय भाषामा बिस्काः भनिने यो जात्रालाई बिस्केट जात्राको रुपमा पनि चिनिन्छ ।

भक्तपुर नगरको केन्द्रमा अवस्थित पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु हुन्छ ।

तर यसपटक लकडाउनका कारण रथ निर्माणको कामले पूर्णता समेत पाउन सकेको छैन् । गुठी संस्थानले यो वर्ष भैरवनाथको नयाँ रथ बनाउन बेतसीलगायत छानाका विभिन्न भाग तथा चारैवटा पांग्रा नयाँ निर्माण गराएको थियो । रथ तान्ने काम नभएपछि जात्रा पूजाआजामा सीमित हुने भएको छ ।

झन्डै २ हजार वर्ष लामो इतिहास रहेको बिस्काः जात्रा पहिलोपटक रोकिएको प्राध्यापक डा. पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो । नेपाल संवत् ७ सय ४१ को चैत शुक्ल पूर्णिमाको दिन भैरवको रथ तान्ने क्रममा रथ पल्टिएको र त्यसलाई फेरि बनाएर जात्रा दोहोर्याएर निकालिएको श्रेष्ठले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार