बेलायतमा कोरोना सङ्क्रमित १ सय १ वर्षीय वृद्ध उपचारपछि निको भए

बेलायतमा कोरोना सङ्क्रमित १ सय १ वर्षीय वृद्ध उपचारपछि निको भए

एजेन्सी

कोरोना भाइरस (काेभिड १९) बाट सङ्क्रमणबाट सबैभन्दा धेरै वृद्ध मानिसहरु प्रभावित भएका छन् । तर काेराेनाबाट सङ्क्रमित भएका एक जना एक सय एक वर्षीय वृद्ध भने उपचारपछि निको भएका छन् ।

बेलायतको वोरसेस्टरशायरका एक सय एक वर्षीय किथ वाट्सन उपचारपछि निको भएका वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । शल्यक्रियाको लागि अल्पताल पुग्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । केही समयको उपचारपछि उनी निको भएको अस्पतालले जनाएको छ ।

उनकी बुहारीले भनिन्, ‘उहाँ याे उमेरमा पनि गज्जबकाे हुनुहुन्छ ।’

उनी अस्पतालबाट फर्किएपछि घरका सबै सदस्यले उनीसँग फाेटाे खिचाए र फेसबुमा शेयर पनि गरे । याे फाेटाे अहिलेसम्म तीन हजारभन्दा शेयर भएकाे छ भने पाँच सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार