चट्याङ लागेर १ जना गम्भीर घाइते

चट्याङ लागेर १ जना गम्भीर घाइते

चट्याङ परेको बस्ती

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ लाँखरमा चट्याङ लागेर एक जना गम्भीर घाइते भएका छन्  । बेलुकी साढे ४ बजेको समयमा घरमा चट्याङ लागेर स्थानीय खिमवहादुर राना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । राना घाइतेसँगै गोठमा बाँधेका ३ वटा खसी समेत मरेका छन ।

चट्याङ लागेर ५३ वर्षका खिमवहादुर बेहोस अवस्थामा रहेको स्थानीय हिरालाल रानाले जानकारी दिए । यस क्षेत्रमा अहिले पानी परिरहेकाले उपचारका लागि समेत अस्पताल लिन समस्या परेको उनले बताए ।

यसअघि चट्याङले मावि च्युरामा ठुलो क्षति गरेको थियो ।  लाखौंको सोलार प्यानलमा चट्याङ परेपछि सबै विद्युतीय सामग्रीहरु नष्ट भएका थिए । करिब २५ लाख बराबरको क्षति भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार